काठमाडौं, माघ १७ । राष्ट्रिय महिला लिग फुटबलमा आज (शनिबार) दुई खेल हुँदैछ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा विराटनगर महानगरपालिका र चौदण्डीगढी नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ।
विराटनगर र चौदण्डीबीचको खेल बिहान साढे ११ बजे सुरु हुनेछ। दुबै टिम जित निकाल्ने लक्ष्यसित मैदान उत्रने छन्। लिगमा विराटनगर दोस्रो जितको खोजीमा हुनेछ। विराटनगरले ३ खेलमा ४ अंक जोडेको छ। विराटनगर पाँचौं स्थानमा रहेको छ।
चौदण्डीगढी भने पहिलो जितको खोजीमा रहेको छ। तीन खेलमा अंक विहीन चौदण्डी पुछारमा रहेको छ। अर्को खेलमा एपीएफ र वालिङ नगरपालिकाबीच खेल हुनेछ। एपीएफ र वालिङबीचको खेल अपरान्ह साढे २ मा सुरु हुनेछ।
एपीएफ लगातार पाँचौं जितको खोजीमा हुनेछ। एपीएफ ४ खेलमा अपराजित रहदै १२ अंक जोडेर शीर्ष स्थानमा रहेको छ। वालिङ दोस्रो जितको खोजीमा रहेको छ। वालिङ ४ खेलमा ५ अंक जोडेर चौंथो स्थानमा रहेको छ। क्यामरुनी खेलाडीको साथ पाएको वालिङ एपीएफलाई हराएर दोस्रो स्थानमा उक्लन चाहन्छ। एजेन्सी


























