माघ १६ । एथ्लेटिक बिल्बाओ स्पेनिस कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ। बिहीबार राति एल्कोयानोलाई २-१ गोल अन्तरले पराजित गर्दै बिल्बाओ क्वाटरफाइनलमा पुगेको हो।
एल्कोयानोको मैदानमा एक गोलले पछि परेपनि बिल्बाओले उत्कृष्ट पुनरागमन गरेको थियो। खेलको ३९ औं मिनेटमा पाब्लो कार्वोनेलको गोलबाट एल्कोयानोले सुरुवाती अग्रता बनाएको थियो।
तर, खेलको ५३ औं मिनेटमा एसिएर भिल्लालिब्रेले गोल गर्दै बिल्बाओलाई १-१ गोलको बराबरीमा फर्काए। त्यसपछि खेलको ७८ औं मिनेटमा इनाकी विलियम्सले गोल गर्दै बिल्बाओलाई २-१ को जित दिलाए। ग्रानडा पनि कोपा डेल रेको क्वाटरफाइनलमा प्रवेश गरेको छ। ग्रानडाले नाभलकार्नेरोलाई ६-० ले हराएर क्वाटरफाइनलमा स्थान पक्का गरेको हो। एजेन्सी
Facebook Comments


























