माघ १५ । चीनले ताइवानका विषयमा बिहीवार कठोर भाषा अपनाउँदै स्वतन्त्रताको अर्थ युद्ध हुने बताएको छ। उत्तेजक गतिविधि र विदेशी हस्तक्षेपको जवाफ दिन आफूहरूको सशस्त्र बलले कारवाही गर्ने उसले बताएको छ।
ताइवानलाई चीनले आफ्नै भूमि भनी दाबी गर्ने गरेको छ। केही दिनअघि ताइवानको दक्षिणपश्चिममा रहेको एयर डिफेन्स आइडेन्टिफिकेसन जोनमा चीनका लडाकू विमान र बमवर्षक विमानहरू प्रवेश गरेको ताइवानले बताएपछि वाशिङटनले चिन्ता व्यक्त गरेको थियो।
ताइवान सरकारले औपचारिक रूपमा स्वतन्त्रताको घोषणा गर्न लागेको विश्वास चीनले लिएको छ। तर ताइवानकी राष्ट्रपति त्साई इङ–वेनले आफूहरू स्वतन्त्र देश भएको र रिपब्लिक अफ चाइना भनिने गरेको बताउँदै आएका छन्।
चिनियाँ वायुसेनाका हालैका गतिविधिका विषयमा जानकारी दिने मासिक न्युज ब्रिफिङमा चीनको रक्षा मन्त्रालयका प्रवक्ता वु चियानले ताइवान चीनको अभिन्न हिस्सा भएको बता। मुट्ठीभरका मानिसले टापुको स्वतन्त्रता खोजिरहेको वुको भनाइ छ।
‘
ताइवान स्वतन्त्रताको माग गर्नेहरूलाई हामी चेतावनी दिन्छौं।आगोसँग खेल्नेहरूले आफैंलाई डढाउनेछन् र ताइवानको स्वतन्त्रता भनेको युद्धको हो,’ उनले थपे। एजेन्सी


























