माघ १५ । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड पराजित भएको छ। बुधबार राति भएको खेलमा युनाईटेड पुछारको सेफिल्ड युनाईटेडसँग २-१ गोल अन्तरले पराजित भएको हो।
घरेलु मैदानमा ह्यारी मग्वाएर एक गोल गरेपनि युनाईटेड पराजित भएको हो। खेलको २३ औं मिनेटमा किन ब्रायनले गोल गर्दै सेफिल्डलाई अग्रता दिलाएका थिए। तर, खेलको ६४ औं मिनेटमा ह्यारीले गोल गर्दै युनाईटेडलाई १-१ गोलको बराबरीमा फर्काए।
त्यसपछि खेलको ७४ औं मिनेटमा ओलिभर बुर्केले गोल गर्दै सेफिल्डलाई २-१ को जित दिलाए। घरेलु मैदानमा पराजित भएसंगै युनाईटेडले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ। दोस्रो स्थानको युनाईटेडको २० खेलमा ४० अंक रहेको छ। लिग लिडर म्यानचेस्टर सिटीको ४१ अंक रहेको छ। सेफिल्ड ८ अंक जोडेर पुछारमा रहेको छ। एजेन्सी
Facebook Comments


























