काठमाडौं, माघ १४ । एपीएफ क्लब प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। टियु क्रिकेट मैदानमा बुधबार भएको पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई ३० रनले पराजित गर्दै एपीएफ उपाधि नजिक पुगेको हो।
अब उपाधिका लागि एपीएफले बागमती प्रदेश र त्रिभुवन आर्मी क्लबको विजेतासँग खेल्नेछ। एपीएफले दिएको २ सय ४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पुलिस ४९ ओभर २ बलमा अलआउट हुँदै १ सय ७३ रनमा समेटियो।
पुलिसका लागि पवन सर्राफले सर्वाधिक ४० रन बनाए। यस्तै राशिद खानले ३४ रन जोड्दा दिपेन्द्र सिंह ऐरीले ३३ रन बनाए। अनिल साहले २१ रन बनाए।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन बनाएको थियो। एपीएफका लागि शंकर रानाले सर्वाधिक ४४ रन बनाए।
यस्तै भुवन कार्कीले ४२ रन जोड्दा सन्दीप जोराले ३४ रन बनाए। सुवास खकुरेल र कमल ऐरीले समान १९/१९ रन बनाए। कप्तान शरद भेषवाकरले १८ रन जोडे। अविनास बोहरा ११ रनमा अविजित रहदा सुर्य तामाङ १ रनमा अविजित रहे। पुलिसका आरिफ शेखले ३ विकेट लिए । ललित राजवंशी र दिपेन्द्र सिंह ऐरीले २/२ विकेट लिए।


























