माघ १४ । अष्ट्रेलियाले टेस्ट र टी-ट्वान्टी टिमको घोषणा गरेको छ। अष्ट्रेलियाले दक्षिण अफ्रीकाविरुद्धको टेस्ट सिरिजका लागि १९ सदस्सीय टिमको घोषणा गरेको हो।
टिम पेनको कप्तानीमा अष्ट्रेलियाले टेस्ट टिमको घोषणा गरेको हो। अष्ट्रेलियाले दक्षिण अफ्रीकासँग उसैको मैदान तीन खेलको टेस्ट सिरिज खेल्नेछ। टिममा पाँच खेलाडी अनक्याप्ड खेलाडी रहेका छन्। सिरिज फेब्रुवरी देखि मार्चसम्म हुनेछ। यस्तै अष्ट्रेलियाले आरोन फिन्चको कप्तानीमा टी-ट्वान्टी टिमको घोषणा गरेको छ। अष्ट्रेलियाले घोषणा गरेको १८ सदस्सीय टिममा ३ खेलाडी अनक्याप्ड रहेका छन्। एजेन्सी
Facebook Comments


























