चितवन, माघ १४ । नारायणगढ रहेको महाबौद्ध सहकारीले आफ्ना सदस्यको सुविधामा नयाँ आयाम थपेको छ। नेपाल राष्ट्र बैंक तथा विभिन्न निकायले जारी गरेको निर्देशनअनुसार आफ्नो सदस्यहरुको विवरण अपडेट गर्नका लागि गुरु इन्फोसिस प्रा.लि.सँग सहकार्य गरी e-KYM सुरु गरेको हाे। महाबौद्ध सहकारीका सदस्यले घरमै बसेर कुनै पनि बेला आफ्नो विवरण अपडेट गर्न सक्नेछन्। सदस्यले आफ्नो व्यक्तिगत विवरण, पारिवारिक विवरण, व्यवसायिक विवरण, तीन पुस्ते विवरण, हकवालाको विवरण, आम्दानीको श्रोत, फोटो, परिचयपत्र, आदि अपडेट गर्न सक्नेछन्।
यी सेवा सुरु भएलगतै सदस्यहरु लाइन बस्नुपर्ने झनझटबाट मुक्त हुनेछन्। सहकारीले विगतमा मोबाइल बैंकिङ, रिचार्ज र ब्यालेन्स जानकारीका लागि मिस्डकल बैंकिङ, बजार प्रतिनिधिका निम्ति अनलाइन ट्याबलेट बैंकिङ प्रयोगमा ल्याएको छ। सम्भवतः यो सहकारी क्षेत्रमा नेपालमै पहिलोपटक प्रयोग गरिएको गुरु इन्फोसिस प्रा.लि. का कार्यकारी अधिकृत सुधीर सापकोटाले जानकारी दिए।




























