काठमाडौं, माघ १४ । विचाराधीन मुद्दा प्रभाव पार्न खोजेको भन्दै सर्वोच्च अदालतका चार जना पूर्वप्रधानन्यायाधीशविरुद्ध सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ।
मंगलबार रित नपुगेर दर्ता नभएको निवेदन बुधवार अदालत खुलेलगत्तै दर्ता भएको हो। अधिवक्ता लोचन भट्टराई र धनजीत बस्नेतले पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, कल्याण श्रेष्ठ, अनुपराज शर्मा र सुशीला कार्कीमाथि अवहेलना मुद्दा चलाउन माग गर्दै निवेदन दिएका हुन्।
चार पूर्वप्रधानन्यायाधीशले केही दिनअघि संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा सुनुवाइ भइरहेका बेला त्यसलाई प्रभावित पार्ने गरी अदालतलाई दबाब दिन विज्ञप्ति निकालेको आरोप लगाइएको छ।