काठमाडौं, माघ ९ । नेपालमा पछिल्लो २४ घण्टामा ३०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार ९४८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण ७ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ९८६ पुगेको छ। नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ४८० रहेको छ। योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ६३ हजार ३४८ पुगेको छ।
हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३ हजार ६१४ रहेको छ। अहिलेसम्म नेपालमा २० लाख ३५ हजार ३०१ वटा पीसीआर नमूना परीक्षण भएका छन्।नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या १५८ रहेको छ।
Facebook Comments


























