काठमाडौं, माघ ८ । प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले एपीएफलाई जितका लागि १ सय ७ रनको लक्ष्य प्रस्तुत गरेको छ।
मुलपानी क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको गण्डकीले ४६ ओभरमा अलआउट हुँदै १ सय ६ रन बनाएको थियो। गण्डकीका लागि समिर कँडेलले सर्वाधिक ३६ रन बनाए। यस्तै बिष्णु पाण्डे र दिपेश खत्रीले १५(१५ रन बनाए।
दिनेश बुढामगरले १२ रन बनाए। एपीएफका लागि कमल ऐरीले ४ विकेट लिए। अविनास बोहोरा र शरद भेषवाकरले २र२ विकेट लिए। यस अघि एपीएफले पहिलो खेलमा प्रदेश(१ लाई हराएको थियो। समूह ए को एपीएफले १ खेलमा २ अंक जोडेको छ।
एपीएफ तालिकाको दोस्रो स्थानमा रहेको छ। गण्डकी प्रदेश भने दोस्रो जितको खोजीमा रहेको छ। गण्डकी ३ खेलमा २ अंक जोडेर चौंथो स्थानमा रहेको छ।
Facebook Comments


























