काठमाडौं, माघ ८ । बिहिबार पनि नेपाली बजारमा सुनचाँदीको मुल्य उकालो लागेको छ। बुधबार प्रतितोला ९२ हजार ५०० रुपैंयामा कारोबार भएको सुनको मुल्य बिहिबार तोलामा ६०० रुपैंयाले बढेर ९३ हजार १०० रुपैंया भएको सुनचाँदी व्यवसाय महासंघले जनाएको छ।
नेपाली बजारमा आज तेजावी सुनको मुल्य ९२ हजार ६०० रुपैया रहेको छ। यस्तै चाँदीको मुल्य पनि तोलामा १५ रुपैंयाले बढेर १२ सय ७५ रुपैंया कायम भएको छ। हिजो चाँदीको मुल्य प्रतितोला १२ सय ६० रुपैंया रहेको थियो।
Facebook Comments


























