माघ ८ । म्यानचेस्टर युनाइटेड पुनः इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ। लिग अन्तर्गत बुधबार राति भएको खेलमा फुलह्यामलाई २–१ ले पराजित गरेर म्यानचेस्टर युनाइटेड शीर्ष स्थानमा उक्लिएको हो।
अवे मैदानमा भएको खेलमा युनाइटेडका लाग एडिन्सन काभानीले २१ औँ तथा पउल पोग्बाले ६५ औँ मिनेटमा गोल गरे। त्यसअघि पाँचौँ मिनेटमा नै लूकम्यानले फुलह्यामका लागि गोल गरेका थिए। जितपछि शीर्ष स्थानमा फर्किएको युनाइटेडको १९ खेलबाट ४० अंक भएको छ।
राति नै भएको खेलमा जित निकालेको म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लिएको छ। घरेलु मैदानमा भएको खेलमा बेर्नानार्डो सिल्भा र इल्केइ गुण्डोगानले गोल गरेर एस्टन भिल्लासँगको खेलमा म्यानचेस्टर सिटीलाई जित दिलाएका हुन्। दोस्रो स्थानमा उक्लिएको सिटीको १८ खेलबाट ३८ अंक भएको छ। तेस्रो स्थानमा झरेको लेस्टर सिटीको १९ खेलबाट ३८ अंक छ। एजेन्सी


























