माघ ५ । अमेजन प्राइम भिडियोमा १५ जनवरीमा सुरु भएको वेब सिरिज ताण्डवविरुद्ध अहिले भारतमा व्यापक आवाज उठिरहेको छ। यो भिडियोमाथि प्रतिबन्ध लगाउनु पर्ने माग भारतीय जनता पार्टीका नेताहरुले पनि गरिरहेका छन्।
यो सिरिजविरुद्ध लखनउमा त एफआइआर पनि दर्ज गरिएको छ। एफआइआरमा हिन्दू देवीदेवतामाथि अपमान गरेकाले यो सिरिज प्रतिबन्ध हुनु पर्ने माग गरिएको छ। लखनउका पत्रकारहरुले बताएअनुसार यो अमेजन प्राइम भिडियोमा हिन्दू देवीदेवतामाथि निकै कडा आलोचना गरिएकाले मुद्दा दर्ता गरिएको हो। यसमा निम्नस्तरीय भाषाको प्रयोग गरिएको पनि बताइएको छ।
महिलामाथि अपमान गरिएको पनि आरोप यसमा लगाइएको छ। भाजपा नेता कपिल मिश्राले अमेजन इन्डियालाई त यो भिडियो प्लेटफर्मबाट नै हटाउनु पर्ने माग राख्दै लिगल नोटिस पठाएका छन्। एजेन्सी
Facebook Comments


























