नवलपुर, माघ ५ । पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिकामा मंगलबारदेखि राष्ट्रिय परिचयपत्रका लागि लगत संकलन कार्य शुरु हुदै छ। जिल्लामा पहिलो पटक गैँडाकोट नगरपालिकाका १८ वटै वडामा एकैसाथ परिचयत्रको लगत संकलन कार्य सुरु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाले बताए।
लगत संकलन कार्य मंगलबार सुरु भई कम्ती ९ देखि बढिमा १५ दिनसम्म चल्ने बताइएको छ। सबै वडाहरुको वडा कार्यालय र जनसंख्याका आधारमा थप केन्द्रहरु संचालन गरेर काम सुरु गरिएको गैंडाकोट नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत विष्णुप्रसाद भुसालले बताए ।
भुसालका अनुसार परिचयपत्र बनाउको लागि नेपाली नागरिकताको सक्कल प्रमाणपत्र, नागरिकताको प्रमाणपत्रमा जन्म मिति नखुलेको हकमा सो खुल्ने प्रमाण वा स्थानीय तहको सिफारिस, नागरिकता प्रमाणपत्रमा उल्लेख भएको ठेगानाभन्दा फरक ठेगाना भएमा बसाइँसराइँको प्रमाणपत्र, नागरिकता प्रमाणपत्रमा पति,पत्नीको नाम नखुलेमा विवाददर्ता प्रमाणपत्र, नागरिकतामा अङ्ग्रेजीमा नाम नखुलेको भए अङ्ग्रेजीमा नाम खुल्ने प्रमाणपत्र पेश गर्नु पर्नेछ।


























