चितवन, माघ ४ । पछिल्लो २४ घण्टामा शनिबार थप २६६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै हालसम्म नेपालमा २ लाख ६७ हजार ३ सय २२ संक्रमितको संख्या पुगेको छ।
त्यसैगरी २४ घण्टामा ४०० जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन्। योसँगै निको हुनेको संख्या २ लाख ६१ हजार ४ सय ४४ पुगेको छ। देशभरी सक्रिय संक्रमितको संख्या भने ३ हजार ९ सय १९ छ।
मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट २० लाख १२ हजार ४ सय ५२ परीक्षणहरु गरिएका छन्। हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या २२१ रहेको छ। कोरोना संक्रमणबाट २४ घण्टामा ५ को मृत्यु भएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९५९ जना रहेको छ।
Facebook Comments


























