माघ २४ । अफगानिस्तानको राजधानी काबुलमा परिचय नखुलेका आक्रमणकारीहरूले दुईजना महिला न्यायाधीशलाई गोली हानेर हत्या गरेका छन्। ती दुवै न्यायाधीश घरबाट सर्वोच्च अदालत जाँदै गर्दा आक्रमणकारीहरूले धराप थापेर गोली हानी हत्या गरेको अदालतका एक प्रवक्ताले बताए। आक्रमणमा परी गाडी चलाउने व्यक्ति घाइते भएका छन्।
घटनाको जिम्मेवारी कसैले लिइसकेको छैन। यस्तै किसिमका आक्रमणहरू हालैका दिनमा बढेका छन्। गत साता तीनजना महिला सैनिकलाई काममा जाँदै गर्दा मजार–ए–शरीफमा गोली हानी हत्या गरिएको थियो। कतारको राजधानी दोहामा अफगान सरकार र तालिबान विद्रोहीहरूबीच शान्तिवार्ता चलिरहेको बेलामा आक्रमण बढ्दै गएका हुन्। एजेन्सी
Facebook Comments


























