माघ ४ । शक्तिशाली भूकम्प गएको एकदिनपछि इन्डोनेसियामा ज्वालामुखी विस्फोट भएको छ। इन्डोनेसियाको जाभा टापुमा रहेका माउन्ट सेमरुम ज्वालामुखी विस्फोट भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले खरब दिएका छन्।
ज्वालामुखी विस्फोटबाट आशामा माथिसम्म धूवाँ उडेको देखिन्छ। ५ किलोमिटर परसम्मखरानी तथा लाभाहरु छरिएका छन्। जाभा टापु इन्डोनेसियाका सबैभन्दा घनाबस्ती भएको टापु हो।
ज्वालामुखी विस्फोटपछि त्यस टापुमा बाहिरबाट प्रवेश गर्न तत्कालका लागि रोक लगाइएको छ। इन्डोनेसियाको विपद न्यूनीकरण एजेन्सीले माउन्ट सेमरुमको आसपासका बासिन्दालाई सतर्क रहन चेतावनी दिएको छ। स्थानीय समय अनुसार शनिबार बेलुका पाँच बजेर २४ मिनेट जाँदा ज्वालामुखी विस्फोट भएको जानकारी दिइएको छ।
इन्डोनेसियाकै सुलेवसी प्रान्तमा गएको ६.२ म्याग्निच्यूडको भूकम्पमा परी मृत्यु हुनेको संख्या ५६ पुगेको छ। समाचार संस्था रोयटर्सका अनुसार भूकम्प परी ८२० जना घाइते भएका छन्। १५ हजार घरबिहीन भएका छन्। एजेन्सी


























