डोल्पा, माघ ३ । शेफोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा अवैध जीवजन्तु तस्करीमा संलग्न ५ जना हतियारसहित पक्राउ परेका छन्। स्थानीय प्रहरीको सहयोगमा निकुञ्जका प्रतिनिधिहरूले उनीहरूलाई पक्राउ गरेको नेपाली सेनाले शनिवार जनाएको छ।
पक्राउ पर्नेमा डोल्पा त्रिपुरासुन्दरी नगरपालिका वडा नम्बर ११ मुहका ४५ वर्षीय मन बहादुर बुढा, ३७ वर्षीय चन्द्र प्रसाद बुढा, वडा नम्बर ७ पहाडा बस्ने ४१ वर्षीय सूर्य बहादुर बुढा, ३० वर्षीय चन्द्र केसी र २१ वर्षीय गोकर्ण बुढा रहेका छन्।
उनीहरूको घरबाट २ नाल भरुवा बन्दुक, १ थान बारुदको डिब्बा, ४५ थान छर्रा, १४ थान कस्तुरी मार्ने पासो, बारुद भरिएको चौंरी गाईको सिंग तथा ४ वटा कस्तुरीको दाँत बरामद भएको छ।
Facebook Comments















![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)










