माघ ३ । राजस्थानको जोधपुरमा कालो हरिण शिकार गरेको अभियोगमा बलिउड अभिनेता सलमान खानविरुद्ध आम्र्स एक्टअन्तर्गत मुद्दा चलिरहेको छ। यसको सुनुवाईका लागि आज अर्थात् १६ जनवरीमा सलमान जोधपुर कोर्टमा उपस्थित हुनुपर्ने थियो, तर उनी उपस्थित भएनन्।
सलमानले आफ्नो वकिलको सहयोगमा अदालतमा हाजिरी माफी पेश गरेका थिए र यसलाई अदालतले स्वीकार गर्यो। त्यसैले अब यस मुद्दाको आगामी सुनुवाई ६ फेब्रुअरीमा हुनेछ। जोधपुर अदालतले सलमानलाई यस विषयमा २०१८ मा ५ वर्षको जेल सजाय सुनाएको थियो, तर त्यसपछि सलमान जमानतमा रिहा भएका थिए। यही सजायविरुद्ध आज अदालतमा सुनुवाई हुने कार्यक्रम थियो।
जोधपुर कोर्टको फैसलापछि सलमान अफ्टेरोमा परेका थिए र उनी जेल समेत जानुपरेको थियो। यद्यपी, जमानत रकम तिरेर सलमान दुुई दिनभित्रै रिहा भए। कालो हरिण शिकार मुदमा सैफ अली खान, तब्बू, निलम र सोनाली बान्द्रेलाई भने अदालतले सफाई दिइसकेको छ। एजेन्सी

























