माघ ३ । म्यानचेस्टर युनाइटेडका मिडफिल्डर ब्रुनो फर्नान्डेस प्रिमियर लिगमा डिसेम्बर महिनाको उत्कृष्ट खेलाडी घोषित भएका छन्। प्रिमियर लिगले फर्नान्डेसलाई शुक्रबार डिसेम्बरको ‘प्लेयर अफ दि मन्थ’ घोषित गरेको हो।
फर्नान्डेस एकै वर्षमा ४ पटक ‘प्लेयर अफ दि मन्थ’ अवार्ड जित्ने पहिलो खेलाडी समेत बनेका छन्। यसअघि उनले फेब्रुअरी, मे र नोभेम्बरमा ‘प्लेयर अफ दि मन्थ’ अवार्ड जितेका थिए। एजेन्सी
Facebook Comments

























