माघ २ । इन्डोनेसियाको सुलावेसी टापुमा शुक्रवार बिहान ६.२ म्याग्निच्युडको भूकम्प गएपछि २६ जनाको मृत्यु भएको छ र सयौंजना घाइते भएका छन्। बीसौं घर र एक ठूलो अस्पताल क्षतिग्रस्त भएका छन्।
मामुजु शहरमा भूकम्प आएको इन्डोनेसियाको विपत नियन्त्रण निकायले जनायो। भूकम्प जम्मा १८ किलोमिटरको गहिराइबाट शुरू भएको थियो। उद्धारकार्य चलिरहेको छ। भूकम्पपछि अनेकौं परकम्पहरू आएका थिए।
विपत व्यवस्थापन विभागका प्रमुख रादित्य जातिले दुई हजार स्थानीयलाई उक्त क्षेत्रबाट अन्तै सारिएको बताए। तीमध्ये केही अस्थायी शिविरमा बसिरहेका छन्। भूकम्पका कारण विद्युत् आपूर्ति पनि ठप्प भएको छ। प्रशान्त महासागरको रिंग अफ फायरमा पर्ने इन्डोनेसियामा भूकम्पको अतिजोखिम छ। एजेन्सी
Facebook Comments


























