माघ १ । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहम बराबरीमा रोकिएको छ। बुधबार राति भएको खेलमा टोटेनहम फुलहमसँग १/१ गोलको बराबरीमा रोकिएको हो। घरेलु मैदानमा एक गोलको अग्रता जोगाउन नसक्दा टोटेनहमले बराबरी खेलेको हो।
खेलको २५ औं मिनेटमा ह्यारी केनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर, दोस्रो हाफमा फुलहम खेलमा फर्कियो। उसका इभान काभालिरोले गोल गर्दै खेल १/१ को बराबरीमा फर्काएका थिए। घरेलु मैदानमा बराबरी खेलेको टोटेनहमले १७ खेलमा ३० अंक जोडेको छ। टोटेनहम लिगको सातौं स्थानमा रहेको छ। फुलहम १२ अंक जोडेर १८ औं स्थानमा रहेको छ। एजेन्सी
Facebook Comments


























