काठमाडौं, पुस २९ । बहुप्रतिक्षित फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ माघे संक्रान्तिबाट देशभर रिलिज हुने पक्का भएको छ। फिल्म हल सञ्चालकले हल खोले पनि सञ्चार मन्त्रालयले फिल्मको सेन्सर पास रोक्दा अन्यौल छाएको थियो।
नायक शिव श्रेष्ठ, चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल र निर्माता आकाश अधिकारीले प्रधानमन्त्रीसमक्ष विशेष पहल गरेपछि मंगलबारबाट सेन्सर खुला गरिएको छ। मंगलबार नै सेन्सर पास भएको फिल्म एउटा यस्तो प्रेम कहानीले पिजी प्रमाणपत्र पाएको छ, जसअनुसार १६ वर्ष मुनिका बालबालिका अभिभावकको साथमा हेर्न जानुपर्ने हुन्छ। यससँगै फिल्म एउटा यस्तो प्रेम कहानी कोभिडपछि रिलिज हुने पहिलो फिल्म बनेको छ।
फिल्मलाई हल सञ्चालकको समेत राम्रो साथ मिलेको छ। मल्टिप्लेक्स हलमा निर्माताले पहिलो हप्ता ५०, दोस्रो हप्ता ४५, तेस्रो हप्ता ४० र बाँकी रहेका हप्तामा ३५ प्रतिशत शेयर पाउने चलन छ। तर, फिल्म एउटा यसतो प्रेम कहानीलाई भने सिंगल र मल्टिप्लेक्स हलले ५५ प्रतिशत शेयर दिने भएका छन्।
अभिनेता शिव श्रेष्ठको प्रस्तुतिमा बनेको यस फिल्ममा शिव श्रेष्ठ, शक्ति श्रेष्ठ, प्रियंका कार्की, कविता मानन्धर, आयुष्मान देसराज श्रेष्ठ जोशी, वर्षा राउत, संजोग कोइराला, बसुन्धरा भुषाल, आंग तेंबे शेर्पा, मिथिला शर्मा, बिष्णु चेमजोंग, रेखा फागु, नरेन खड्का, ध्रुब कोइराला लगायतको अभिनय रहेको फिल्मको निर्देशन दिपेश सापकोटाले गरेका छन्।
फिस्टेल मुभिजको ब्यानरमा बनेको फिल्मका निर्माता यशोदा राई र दिनेश दर्शनधारी हुन्। खुम तामाङ, सुनिल कटवाल, राम नारायण शाह, दिनेस थापामगर र तारा तुलाधर फिल्मका सह(निर्माता रहेका छन्।


















![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)
![:jfutkl5 ;fd"lxs t:jL/df
ag]kf, !^ k'; M
g]kfn ko{6g jif{ @)@)Ú sf] cj;/df lhNnf tyf gu/:tl/o cfof]hs ;ldltn] sfe|]knf~rf]ssf] w'lnv]ndf cfof]hgf ul/Psf] sfo{qmddf ljb]zL kfx'gfnfO{ vfbf nufP/ :jfut u/]kl5 ;fd"lxs t:jL/df ljb]zL kfx'gf . t:jL/ M k]df nfdf÷ /f;;](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/PemaLama_Banepa_RSS_DSC_0466.jpg?resize=150%2C150&ssl=1)






