पुस २९ । नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको शपथ समारोहलाई लक्षित गर्दै अमेरिकी शहर वासिङ्टन डिसीमा आपतकाल घोषणा गरिएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले यही जनवरी ११ देखि २४ जनवरीसम्म सपथ समारोहलाई लक्षित गर्दै आपतकाल घोषणा गरेका हुन्।
आपतकालको समयमा पनि ट्रम्पका समर्थकहरुले हिंसा मच्चाउन सक्ने भन्दै स्थानीय प्रहरी र संघीय अनुसन्धान अधिकारीहरूले निगरानी उच्च पारेका छन्।
बाइडेनले जनवरी २० मा अमेरिकाको ४६औँ राष्ट्रपतिको रूपमा सपथ लिदैछन्। एजेन्सी
Facebook Comments


























