काठमाडौं, पुस २९ । नेपाली बजारमा पहेँलो धातु सुनको मूल्यमा सामान्य वृद्धि भएको छ। मंगलबार प्रतितोला ९२ हजार ८०० रूपैयाँ कारोबार छापवाल सुन आज ९२ हजार ९०० रूपैयाँ कायम गरिएको छ। यस्तै तेजाबी सुन आज प्रतितोला ९२ हजार ४०० रूपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १० रूपैयाँले बढेर एक हजार २६० रूपैयाँमा कारोवार भइरहेको छ।
Facebook Comments


























