काठमाडौं, पुस २६ । काठमाडौँको शंखमुलबाट प्रतिबन्धित चितुवाको छालासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा दोलखा घर भएका जय बहादुर जिरेल, अर्जुन जिरेल र कैलाली घर एका राज कँडेल छन्।
आइतबार दिउँसो उनीहरुलाई काठमाडौंका शंखमुलबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (डिएसपी) प्रमेश विष्टले बताए।प्रहरीले चितुवाको छाला कारोबारमा संलग्नलाई थप अनुसन्धान र कारबाहीका लागि काठमाडौँ वन कार्यालयलाई बुझाएको छ।
Facebook Comments


























