पुस २६ । इण्डोनेसियाका अधिकारीहरुले बोइङ ७३७ विमान दुर्घटना भएपछि समुद्रमा मानव शरीरका टुक्रा र विमानका टुक्राहरु भेटिएको बताएका छन्। रोयटर्सको रिपोर्टअनुसार दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्सबाट केही संकेत पनि प्राप्त भएका छन्। शनिबार राजधानी जाकार्ताबाट उडेको ४ मिनेटमै राडारसँगको सम्पर्कबाट विच्छेद भएको विमान दुर्घटनाग्रस्त भएको थियो।
विमानमा ५० जना यात्रु र १२ जना क्रु सदस्य गरी ६२ जना थिए। इण्डोनेसियाको सर्च एण्ड रेस्क्यू एजेन्सी प्रमुख बगुस पुरुहितोका अनुसार २ स्थानबाट संकेत प्राप्त भएका छन् जो विमानको ब्ल्याक बक्सबाट आएको हुन सक्छ। समुद्रमा भेटिर्एका मानव अवशेषको पहिचान प्रमाणित गर्न अस्पताल पठाइएको छ। रिपोर्टका अनुसार विमान २६ वर्ष पुरानो थियो। यसअघि २०१८ को अक्टोबरमा पनि इण्डोनेसियाको लायन एयरको विमान दुर्घटना भएको थियो जसमा १८९ जना मारिएका थिए। एजेन्सी


























