नवलपुर, पुस २६ । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने सामुदायिक वनमा गैँडाको बच्चा मृत फेला परेको छ। निकुञ्जअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोती नगरपालिकामा पर्ने कृष्णसार मध्यवर्ती सामुदायिक वनको मक्षेणदेखा भन्ने स्थानमा करीब तीन महिनाको मृत ‘केटी’ फेला परेको हो।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीका अनुसार शनिबार साँझ मृतावस्थामा केटी फेला परेको हो।पोथी गैँडाको ब्रह्मखाग र खुर सुरक्षित रहेको अधिकारीले बताए। गैँडाको सो मृत बच्चासँगै चालु आर्थिक वर्ष २०७७/०७८ मा निकुञ्ज र मध्यवर्ती क्षेत्रमा गरी २० गैँडाको मृत्यु भइसकेको निकुञ्जले जनाएको छ। रासस
Facebook Comments


























