चितवन, पुस २५ । जलहारी खोजवार पट्टिदार समाज समिति चितवनको ७औं अधिवेशन तथा २३औं जिल्ला सम्मेलन सम्पन्न भएको छ। २०५५ सालमा स्थापना भएको पट्टिदार समाज समितिको सम्मेलन खैरहनी नगरपालिका वडा नं -१० गोठौंली सम्पन्न भएको हो।
साथै रमेश चौधरीको अध्यक्षतामा ७ सदसिय नयाँ कार्यसमिति गठन गरेको छ। जस्को उपाध्यक्षमा रामेश्वर चौधरी, सचिव रामजि चौधरी, सह सचिव बाबुराम चौधरी, कोषाध्यक्ष बिश्राम चौधरी र सदस्यहरुमा सुकिया चौधरी र बिष्णु चौधरी चयन भएका छन्। अन्य बैकल्पि सदस्यहरु पछिबाट छनोट गरीनेछ। पट्टिदार समाजमा २४६ घर रहेको छ।
Facebook Comments


























