मकवानपुर, पुस २४ । मकवानपुरका २ स्थानबाट १६५ किलो अवैध लागुऔषध गाँजासहित ८ जना पक्राउ परेका छन्। मनहरी गाउँपालिका ८, सिमपानीस्थित सडकबाट ६५ किलो गाँजासहित राक्सिराङ गाउँपालिका–२ बस्ने २२ वर्षीय सुजन प्रजासहित ८ जनालाई आज बिहान प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनीहरूलाई सडकको छेउमा गाडीमा लोड गर्न राखेको अवस्थामा उक्त लागुऔषधसहित पक्राउ गरेको हो।
यस्तै, मकवानपुरकै मनहरी गाउँपालिका–६, रुपाचुरी जंगलस्थित बासको छाप्रोबाट १०० किलो गाँजा आज बिहान प्रहरीले बरामद गरेको छ। इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीलाई देख्नासाथ ती व्यक्ति फरार भएपछि प्रहरीले उक्त गाँजा बरामद गरेको हो।
Facebook Comments


























