काठमाडौं, पुस २४ । सुनको कारोबार हुने हप्ताको अन्तिम दिन आज तोलामा एक सय रुपैयाँ घटेको छ। सुनको भाउ आज तोलामा ९५ हजार ३ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। हिजो सुनको भाउ तोलामा १३ सय रुपैयाँले घटेर ९५ हजार ४ सय रुपैयाँ तोकिएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घटबढ हुँदा नेपालमा पनि घटबढ हुने गरेको छ। चाँदीको भाउ पनि आज तोलामा १० रुपैयाँ घटेर तोलाको १३ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ।
Facebook Comments


























