पुस २४ । भारतविरुद्धको तेस्रो टेष्ट क्रिकेटको पहिलो ईनिङ्समा अष्ट्रेलियाले ३ सय ३८ रन बनाएको छ। सिड्नीमा वर्षाले प्रभावित बनेको तेस्रो टेष्टको दोस्रो दिन घरेलु टोली ३ सय ३८ रनमा अलआउट बन्यो। १ सय ६६ रनमा २ विकेट गुमाएर दोस्रो दिनको खेल थालेको अष्ट्रेलियाले १ सय ७२ रन जोड्न बाँकी विकेट गुमाएको हो।
घरेलु टोलीका लागि स्टेभन स्मिथले १ सय ३१ रनको शतकिय ईनिङ्स पुरा गरे। रबिन्द्र जडेजाबाट बोल्ड हुनु अघि स्मिथले १६ चौकाको मदतले अष्ट्रेलियालाई बलियो अवस्थामा पुर्याएका थिए।
ओपनर विल पोकोवस्कीले ६२ रन बनाएको ईनिङ्समा मार्नस लाबुस्चगने शतक बनाउन ९ रनले चुके। उनलाई जडेजाले आजिक्या रहाणेको हातबाट क्याच आउट गराए । अन्य ब्याट्सम्यान खासै चल्न सकेनन्। भारतका जडेजाले ४ तथा जसप्रीत बुम्राहा र नाभदीप साइनीले समान २ विकेट लिए। मोहमद सिरजको नाममा एक विकेट रह्यो। चार म्याचको सिरिज १–१ को बराबरीको अवस्थामा छ। एजेन्सी


























