पुस २३ । भारतविरुद्धको तेस्रो टेस्टमा घरेलु टिम अष्ट्रेलियाले बलियो सुरुवात गरेको छ। सिड्नीमा वर्षाले प्रभावित टेस्टको पहिलो दिनको खेल सकिदा अष्ट्रेलियाले २ विकेट गुमाएर १ सय ६६ रन बनाएको छ। अष्ट्रेलियाका मार्नुस लेबासचेन्नीले ६७ रन बनाएर खेलिरहेका छन्। स्टिभ स्मिथले ३१ रनमा अविजित रहेका छन् । यस्तै डेब्यु खेलाडी विल पुकोभ्सकीले ६२ रनको अर्धशतकीय इनिङ्स खेले। डेभिड वार्नर ५ रनमा आउट भए।
भारतका मोहमद सिराज र डेब्यु खेलाडी नाभदिप शैनीले १/१ विकेट लिए। आईसीसी विश्व टेस्ट च्याम्पियनसिप अन्तर्गतको ४ खेलको सिरिज १/१ को बराबरीमा रहेको छ। पहिलो टेस्ट अष्ट्रेलियाले ८ विकेटले जितेको थियो। यस्तै दोस्रो टेस्ट भारतले ८ विकेटले नै आफ्नो बनाएको थियो। एजेन्सी
Facebook Comments

























