काठमाडौं, पुस २३ । पछिल्लो केही दिनयता लगातार बढेको सुनचाँदीको भाउ बिहीबार भने प्रतितोला १३०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायीका अनुसार बुधबार प्रतितोला ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको छापवाल सुन बिहीबार ९५ हजार ४०० रुपैयाँमा कारोबार हुनेछ।
सोही परिमाणको तेजावी सुनलाई आज प्रतितोला ९४ हजार ९०० रुपैयाँ पर्नेछ। यता, चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले घटेको छ। यसअघि एक हजार २४० रुपैयाँमा कारोबार हुने चाँदीलाई आज एक हजार २३० रुपैयाँ पर्ने महासंघले जनाएको छ।
Facebook Comments


























