काठमाडौं, पुस २२ । भारत मोतिहारी घर भएका कलाम मियाको छुरा प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँका २५ वर्षीय सुबोध शर्मालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ महानगरपालिका–१६ बाइपास ओरालोस्थित सडकमा मङ्गलबार उनको छुरा प्रहारबाट गम्भीर घाइते भएका कलामको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो।
घटनापछि फरार रहेका शर्मालाई काठमाडौँ फर्पिङस्थित सुरक्षा चौकीबाट आज पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रमेश विष्टले जानकारी दिए। उनका अनुसार ना१ज ७५६२ नंको सुमो गाडीमा उपत्यकाबाट भाग्ने क्रममा फेला पारी प्रहरीले पक्राउ गरेको हो। रासस
Facebook Comments


























