काठमाडौं, पुस २२ । शेयर बजार परिसूचक नेप्से बुधबार १३ अङ्कले बढेको छ। नेप्से १३ दशमलव शून्य ७ अङ्कले बढेर २ हजार १ सय ७८ दशमलव ५७ विन्दुमा पुगेको छ। बुधबार व्यापार र जलविद्युत् बाहेक अरू सबैजसो समूहको शेयर बढेको छ।
निर्जीवन बीमा समूहको शेयर १ सय १२ अङ्कले, माइक्रो फाइनान्सको ५६ अङ्कले, विकास बैंकको २२ र बैंक समूहको शेयर ११ अङ्कले बढेको छ। बुधबार दुई सय पाँच कम्पनीका एक करोड पाँच लाख कित्ता शेयर चार अर्ब ४२ करोड रुपैयाँमा कारोबार भएका छन्। सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सको २१ करोड ३३ लाख रुपैयाँको शेयर कारोबार भएको छ।
कालिका माइक्रो क्रेडिट विकास बैंकका शेयरधनीले सबैभन्दा धेरै १० प्रतिशतका दरले कमाएका छन्। समग्र बजार बढे पनि जोशी हाइड्रोपावरका लगानीकर्ताले पाँच प्रतिशत गुमाएका छन्।
Facebook Comments


























