जुम्ला, पुस २२ । जुम्लामा जुवा खेलिरहेको अवस्थामा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ। चन्दननाथ नगरपालिका–१, एयरपोर्टनजिकै जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो। स्थानीय कमल बुढाको कोठामा जुवा खेलिरहेका उनीहरुलाई ७० हजार रुपैयाँसहित पक्राउ गरिएको कर्णाली प्रदेश प्रहरीले जानकारी दिएको छ।
पक्राउ पर्नेमा स्थानीय कमल मल्ल, कृष्ण महत, कालीबहादुर बुढा, हरि बुढा, कमल बुढा, जगबहादुर बुढा, हरिबहादुर बुढा र चन्द्र बुढा रहेका छन्। उनीहरुको साथबाट दुई गड्डी ताससमेत बरामद गरिएको छ।
Facebook Comments


























