पुस २२ । काराबाओ कप (इएफएल) फुटबलको दोस्रो सेमिफाइनलमा आज म्यानचेस्टर युनाईटेड र म्यानचेस्टर सिटीबीच प्रतिस्पर्धा हुँदैछ। ओल्ड ट्राफोर्डमा हुने म्यानचेस्टर डर्बी भिडन्त नेपाली समय अनुसार राति साढे १ बजे सुरु हुनेछ। दुबै टिम जित निकाल्दै फाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रने छन्। यस खेलको विजेताले फाइनलमा टोटेनहमसँग प्रतिस्पर्धा गर्नेछ।
टोटेनहम च्याम्पियनसिप क्लब ब्रेन्टफोर्डलाई २-० ले पराजित गर्दै फाइनल पुगिसकेको छ। घरेलु मैदानमा सिटीविरुद्ध युनाईटेडका फरवार्ड एडिन्सन काभानीले खेल्ने छैनन्। ३ खेलको प्रतिबन्धको कारण उनी टिम बाहिर रहेका छन्।
तर, सिटीका ग्राबियल जिसस र केली वाल्करले युनाईटेडविरुद्ध खेल्ने सम्भावना रहेको छ। उनीहरु कोरोनाको कारण सेल्फ आईसोलेसन अवधि पुरा गरेर टिममा सामेल भईसकेका छन्। युनाईटेड र सिटीबीच गत सिजन समेत सेमिफाइनलमा भिडेका थिए। गत सिजन सिटीले समग्रमा ३-२ को जित निकालेको थियो। यस पटक भने एकल लिग अनुसार प्रतियोगिता भईरहेको छ। एजेन्सी


























