उदयपुर, पुस २२ । बम विस्फोट मुद्दामा संलग्न रही फरार रहेका बेलका उदयपुर नगरपालिका २ का ३३ वर्षीय अमृत भन्ने देवबहादुर विष्टलाई प्रहरीले पक्राउ गरेको छ।
त्रियुगा नगरपालिका १४, धापलाङस्थित क्रसर उद्योगमा गत मंसिर २९ गते राति विस्फोट गराएको घटनाको अनुसन्धानका क्रममा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको टोलीले उनलाई रामपुर क्षेत्रमा फेला पारी पक्राउ गरेको हो। सोही घटनामा संलग्न पवन राई यसअघि नै पक्राउ परेका थिए।
Facebook Comments


























