धनकुटा, पुस २२ । छथरजोरपाटी गाउँपालिका–२ को कोशी लोकमार्गमा खैरो हिरोइनसहित दुई जना पक्राउ परेका छन्। को ११ प ७७३१ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा धनकुटा खैरो हिरोइनसहित दुई जना पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा छथरजोरपाटी–१ बस्ने २७ वर्षीय पेम्बा शेर्पा र छथरजोरपाटी–२ बस्ने २२ वर्षीय फूर्वा शेर्पा रहेका छन्। उनीहरूको साथबाट ६ सय ६० मिलिग्राम खैरो हिरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।
Facebook Comments


























