पुस २२ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले कोरोना भाइरस नियन्त्रणका लागि भारतले चालेको कदमको खुलेर प्रशंसा गरेको छ। डब्ल्युएचओका प्रमुख डा।घेब्रेयससले कोरोना विरुद्धको खोप निर्माणमा भारतले विश्वमै ठूलो देशको रूपमा काम गरिरहेको बताएकाहुन्।
भारतमा हालै बनेको कोरोनाभाइरस विरुद्धका खोप कोभिसिल्ड र कोभ्याकसिनलाई आपतकालिन प्रयोगमा ल्याउन अनुमति दिनु निकै सरहानीय कार्य भएको उनको भनाइ छ। उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ट्वीटरमा भारतको तारिफ गरेको सन्देश प्रवाह गरेकाहुन्। उनले कोरोना नियन्त्रणका लागि भारतले जस्तै अन्य राष्ट्रहरूले पनि कदम चाल्नु पर्ने सुझाव समेत दिए।
यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोराना भाइरस विरुद्धको खोप कोभ्याक्सिन तयार पारेकोमा भारतका वैज्ञानिक र चिकित्सकहरूलाई धन्यवाद दिएका थिए। भारतमा अहिलेसम्म कोरोना भाइरसका कारण १ करोड ३७ लाख ५ हजार ४ सय बढी संक्रमित छन् भने १ लाख ५० हजार १ सय बढीको मृत्यु भइसकेको छ। एजेन्सी


















![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)







