पुस २२ । कोरोना महामारीसँगै भारतमा एच ५ एन ८ बर्डफ्लु देखा परेको छ। भारतका विभिन्न राज्यहरु बर्डफ्लु फैलिएपछि हजारौं कुखुरा र पशुपन्छीहरु नष्ट गरिएका छन्। ती राज्यहरुमा धमाधम कुखुरा र पशुपन्छी मर्न थालेपछि बर्डफ्लु भएको पुष्टि भएको हो।
मध्य प्रदेश, गुजरात र महाराष्ट्रमा पनि बर्डफ्लु फैलिएको छ। मध्यप्रदेशमा कागबाट बर्डफ्लु फैलिएको अधिकारीहरुले बताएका छन्। हिमाञ्चल प्रदेशका बर्डफ्लु विशेषज्ञ डा।विक्रम सिंहले सो प्रदेशमा २४ सय पशुपन्छी बर्डफ्लुका कारण मरेको दावी गर्दै हाललाई कुखुरा, हाँस र पशुपन्छीको मासु प्रयोगमा प्रतिवन्ध लगाउन आग्रह गर्नुभएको छ।
यसैबीच बर्डफ्लु देखिएको विभिन्न राज्यहरुमा कुखुरा, हाँस र माछा पसल खोल्नमा प्रतिबन्ध लगाईएको छ। गुजरात, महाराष्ट र केरलामा हाललाई माछा मासु बिक्रिमा रोक लगाइएको हो। एजेन्सी
Facebook Comments


























