पुस १९ । टोटेनहम इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष तीनमा उक्लिएको छ। लिड्स युनाईटेडलाई शनिबार राति भएको खेलमा ३-० को जित निकाल्दै टोटेनहम प्रिमियर लिगको शीर्ष तीनमा उक्लिएको हो।
टोटेनहमलाई जित दिलाउन ह्यारी केन, ह्युङ मिन सन र टोबी एल्डरवायर्ल्डले एक/एक गोल गरे। खेलको अन्तिम केही समय टोटेनहम १० खेलाडीमा समेटिएको थियो। म्याट दोहेर्टीले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा घरेलु टिम १० खेलाडीमा समेटिएको हो।
घरेलु मैदानमा भएको जितसँगै टोटेनहम टोटेनहम १६ खेलमा २९ अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको छ। लिड्स २३ अंक जोडेर ११औँ स्थानमा रहेको छ। एजेन्सी
Facebook Comments

























