काठमाडौं, पुस १८ । ग्लोबल आइएमई बैंक लिमिटेड शनिबारदेखि आफ्नो स्थापनाको १४ औं वर्षमा प्रवेश गरेको छ। स्थापनाको छोटो अवधिमा पूँजी, व्यवसाय, शाखारसञ्जाल समेतका हिसाबले नेपालकै ठूलो तथा मजबुत बनेको बैंकको दाबी छ।
बैंकले अहिले चुक्ता पूँजी करिब १९ अर्ब रुपैयाँ (प्रस्तावित १४ प्रतिशत बोनस पश्चात करिब २१ अर्ब भन्दा बढी) र संचित कोष गरी प्राथमिक पूँजी २७ अर्ब २४ करोड रुपैयाँ रहेको जनाएको छ। कुल निक्षेप २ खर्ब ४९ अर्ब रुपैयाँ र कुल कर्जा २ खर्ब ११ अर्ब रुपैयाँभन्दा बढी पुग्ने बैंकले जनाएको छ।
बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले मर्जरपछि ग्राहक वर्गलाई आधुनिक, गुणस्तरीय तथा भरपर्दो बैंकिङ्ग सेवा प्रदान गर्न अझ सहज भएको बताए। मर्जर तथा प्राप्तिमा ग्लोबल आइएमई बैंकसँग लामो अनुभव भएको बताउँदै उनले मर्जरपछिको व्यवस्थापनमा बैंकले हासिल गरेको उपलब्धिको आधारमा आउने दिनमा पनि थप उत्साहित बनाउने विश्वास व्यक्त गरे।
अध्यक्ष ढकालले विभिन्न बैंक तथा वित्तीय संस्थाहरुसंग मर्जररएक्विजिशनपछि बैंकको पूँजीमा अभिवृद्धि भएर प्रतिस्पर्धात्मक क्षमतामा वृद्धि, बैंकको वित्तीय, मानव-संशाधन, प्राविधिक एवं अन्य क्षमतामा अभिवृद्धि भएको बताए।