मुम्बई, पुस १३ । बलिउड अभिनेत्री सारा अली खान आफ्नो दुई वर्षको करिअर अवधिमा दर्शकमाझ प्रिय बनिसकेकी छन्। अभिनेता सैफ अली खान र अमृता सिंहकी छोरी सारा फिल्म क्षेत्रबाट बाल्यकालदेखि नै परिचित छन्। तर, उनी आफैं स्टारडममा विश्वास भने गर्दिनन्।
एक अन्तवार्ताका क्रममा उनले भनिन्, ‘मलाई स्टारडमको चाहना छैन। अहिलेसम्म मैले फ्यान शब्दको प्रयोग पनि गरेकी छैन। स्टार शब्दको प्रयोग पनि गरेकी छैन। मलाई यि सबै कुरामा विश्वास छैन। किनकी हरेक हप्तामा यहाँ स्टारहरुको तकदिन बदलिने गर्दछ।’
साराले आफ्नो बुझाइमा नियत नै वास्तवमा अर्थपूर्ण रहेको बताएकी छन्। ‘मेरो बुझाइमा तपाइँको नियत नै यस्तो चीज हो, जो अर्थपूर्ण हुन्छ। तपाइँको नियत जे हुन्छ, त्यसबाट प्रस्ट हुन्छ कि कहीँ न कहीँ लगाव, चाहना र एक जुनुन् हुन्छ। त्यसैले नै अर्थ राख्छ,’ उनले अघि भनिन्। नियत बाहेक अरु सबै बदलिँदै जाने गरेको उनको भनाइ छ।
अभिनयको कुरा गर्दा सारा हालै वरुण धवनका साथ फिल्म ‘कुली नम्बर १’ मा देखिँदैछिन्। यसका साथै अक्षयकुमार र धनुषका साथ पनि आनन्द एल रायको फिल्म अतरंगी रे मा देखिँदैछिन्। एजेन्सी


























