काठमाडौं, पुस ११ । पूर्वराजा ज्ञानेन्द्र शाह पूर्वी नेपालको भ्रमण जाने तयारी थालेका छन्। पूर्वराजा शाह भ्रमणका लागि आइतबार निस्कने छन्। पूर्वरानी कोमल शाहसहित उनी झापाको दमकमा रहेको हिमालयन रिसोर्टस्थित निवासमा जाने कार्यक्रम रहेको पूर्वराजाका प्रेस सचिव फणिराज पाठकले जानकारी दिए।
पाठकका अनुसार पूर्वराजा ज्ञानेन्द्र र पूर्व(रानी भोली पूर्वको भ्रमणमा निस्कनेछन्। केही दिनपछि पूर्वयुवराज्ञी हिमानी शाह पनि परिवारका केही सदस्य लिएर झापा जाने कार्यक्रम छ। झापा बसाइको क्रममा उनले राजावादी संघसंस्थाका प्रतिनिधि तथा विभिन्न दलका नेता कार्यकर्तालाई भेट्ने कार्यक्रम रहेको छ।
Facebook Comments


























