पुस ११ । युगाण्डामा डुंगा दुर्घटना हुँदा कम्तीमा २६ जनाको मृत्यु भएको छ। युगाण्डा र प्रजातान्त्रिक गणतन्त्र कंगोको सीमा क्षेत्रमा रहेको तालमा डुंगा दुर्घटना भएको बीबीसीले जनाएको छ।
तीव्र गतिमा चलेको हावाले डुंगा डुबेको हुन सक्ने स्थानीय अधिकारीको आकलन छ। दुर्घटनामा परेका २१ जनालाई उद्धार गरिएको छ। एजन्सी
Facebook Comments


























