पुस १० । फ्रेन्च क्लव पेरिस सेन्ट जर्मेन (पीएसजी) ले मुख्य प्रशिक्षक थोमस टुचेललाई बर्खास्त गरेको छ। बुधबार राति स्ट्रासबर्गमाथि ४–० को जित निकालेका टुचेललाई केही घण्टामै पीएसजीले बर्खास्त गरेको हो। जित निकाल्दै पीएसजीले शीर्ष स्थानको लियोनसंगको दूरी घटाएको थियो।
स्काई जर्मनीका अनुसार पीएसजीका खेल निर्देशक लियोनार्दोले आफ्ना प्रशिक्षकलाई बर्खास्त गरिएको जानकारी दिएका छन्। टुचेलकै नेतृत्वमा पीएसजीले चार महिना अघि च्याम्पियन्स लिगको फाईनलमा स्थान बनाएको थियो। क्लबले तीन हप्ताको विश्रामअघि प्रशिक्षक टुचेललाई बिदा दिएको हो। एजेन्सी
Facebook Comments


























