पुस ८ । रियल मड्रिडका प्लेमेकर ईडेन हजार्ड स्पेनिस लिगको ग्रानाडाविरुद्धको खेलमा उपलब्ध हुने भएका छन्। चोटका कारण पछिल्लो एक महिना मैदान बाहिर रहेका हजार्ड ग्रानाडाविरुद्धको खेलमा उपलब्ध हुने भएका हुन्।
लण्डन क्लब चेल्सीबाट रियल मड्रिडमा आएपछि हजार्डले ८ पटक चोटको समस्या ब्यहोरेका छन्। गत महिना स्पेनिस लिगको अल्भासविरुद्धको खेलमा हजार्डले चोट बोेकेका थिए। सो खेल रियलले २–१ ले गुमाएको थियो।
उनी ग्रानाडाविरुद्धको जिनेदिन जिदानको २४ सदस्यीय टिममा अटाएका छन्। लुका मोड्रिच भने बुधबारको खेलमा उपस्थित रहने छैनन्। मांशपेशीको चोटका कारण उनलाई टिममा समावेश गरिएको छैन। हजार्ड महङ्गो मुल्यमा लण्डन क्लब छाडेर रियल मड्रिड आएका थिए। उनलाई स्पेनमा अनुबन्धन गर्न रियल मड्रिडले ८८ मिलियन पाउण्ड खर्च गरेको थियो। स्पेन आएपछि हजार्डले ३५ खेल गुमाएका छन्। एजेन्सी


























