नवलपरासी पूर्व, पुस ८ । कालीगण्डकी करिडोरमा भिरबाट ट्रक खस्दा ३ जनाको मृत्यु भएको छ। बुधबार बिहान गैंडाकोट नगरपालिकाअन्तर्गत कालीगण्डकी करिडोरको भोक्रेफाटस्थित सेतो पहराबाट करिब २ सय मिटर तल ना ३ ख ५३३९ नम्बरको ट्रक खसेको हो।
लोहनी कन्स्ट्रक्सनको सिमेन्ट बोक्ने ट्रक बुलिङटार गाउँपालिकाको थामबेंसीबाट फर्कँदै गर्दा दुर्घटनामा परेको हो। घटनास्थलमा ३ जना शव भेटिएको गाउँपालिका अध्यक्ष शशिकिरण बस्ताकोटीले जानकारी दिए।
मृतकहरुको पहिचान खुलिसकेको छैन। इलाका प्रहरी कार्यालय गैंडाकोटबाट प्रहरी घटनास्थलमा पुगेको छ।
Facebook Comments


























